भद्रपुर । राष्ट्रसेवक सहकारी संस्था भद्रपुरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक स्विटर र टोपी वितरण गरेको छ ।
संस्थाले आइतबार एक कार्यक्रमका बीच भद्रपुर १० स्थित कृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न, गरिव, जेहेन्दार तथा आदिवासी विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा स्विटर र टोपी वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार सरकारी विद्यालयमा विद्यार्थी टिकाई राख्ने उद्देश्यका साथ सो विद्यालयका ३७ जना विद्यार्थी स्वीटर र टोपी वितरण गरेको जनाइएको छ ।
सहकारी संस्थाका अध्यक्ष वाशिष्ठ अधिकारीको अध्यक्षता तथा प्रदेश सांसद गोपालचन्द्र वुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न पोशाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ध्रव न्यौपाने , ९ नम्बर वडाका कार्यवहाक वडा अध्यक्ष राम दाहाल, निजामतीहरुको आधिकारीक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई , निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल ,पेशागत महासंघ प्रदेश नम्बर १ का संयोजक देवराज कार्की लगायतले मन्तव्य राखेका थिए ।
सहकारी संस्थाका उपादक्ष डिल्ली ढकालले कार्यक्रमको औचित्य माथि प्रकास परेको कार्यक्रमको संचालन शिक्षा समिती संयोजक मनोज तिमसिनाले गरेका थिए ।





