स्थायी कमिटी बैठकः प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश, बैठक सोमबार पुनः बस्ने


२९ मंसिर २०७६, आईतवार १६:२१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

आइतवार (आज) दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यअरुलाई अध्ययन गर्न दिइएको छ ।

बैठक भोलि बिहान ११ बजेका लागि पुन बोलाइएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here