सिन्धुपाल्चोक दुर्घटना अपडेट: १४ जनाको मृत्यु, २० घाइते


२९ मंसिर २०७६, आईतवार १४:२१ मा प्रकाशित

काठमाडौं । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।

बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ । बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here