सागः जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै पटाका विस्फोट, एक बालक घाईते


२१ मंसिर २०७६, शनिबार १२:४९ मा प्रकाशित

जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै पटाका विस्फोट भएको छ ।

विस्फोटमा स्थानीय निर्मला राउतकी १० वर्षीय छोरा आलोक राउत घाईते भएका छन् । उनलाई उपचारका लागि प्रादेशक अस्पताल जनकपुर लगिएको थियो, तर यहाँ उचपार सम्भव नभएपछि धरान रेफर गरिएको छ । बालक राउतको पेटबाट अत्यधिक रगत बगेको बताइएको छ ।

मन्त्रीहरु आउँदा पटाका पड्काएको र नपड्केको पटाका ल्याएर पड्काउने क्रममा बालक राउत घाईते भएको एक प्रत्यक्षदर्शी महिलाले बताइन् । हिजो साँझ भएको कुस्ती खेलको उद्घाटनमा पटाका पड्काएको थियो । तर नपड्केको एउटा पटाका ति बालकले भेटेका थिए । उक्त पटाका पड्काउने क्रममा बालक राउत गम्भिर घाईते भएको धनुषा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here