४२ किमी दौडमा किरणसिंह बोगटीले जिते स्वर्ण


२१ मंसिर २०७६, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा पुरुषतर्फको ४२ किलोमिटर दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन् । म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ ।

बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here