सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अनुसन्धानका लागि फेरि ७ दिनको म्याद थप


२० मंसिर २०७६, शुक्रबार १६:२२ मा प्रकाशित

सुनसरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले गिरीलाई आज अदालतमा पेश गरेको थियो । गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको थियो । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको थियो ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई उदालत लगिएको थियो । अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here