१० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


१९ मंसिर २०७६, बिहीबार १६:२१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो साढे ३ बजे उनी डिस्चार्ज भएका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भएको निचोडसहित चिकित्सकहरुले प्रम ओलीलाई डिस्चार्जको निर्णय लिएका हुन् । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीका अनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्‍न परीक्षणको पछिल्लो रिपोर्ट आइसकेकाले डिस्चार्जको निर्णय लिइएको हो ।

बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भएमामा साँझसम्म डिस्चार्ज दिन सकिने निष्कर्ष निकालेको थियो । एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण हुँदा गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । मनमोहनको आईसियुमै प्रम ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here