उसुमा निमाको जितसँगै सागमा नेपालको स्वर्णको संख्या ३० पुग्यो


१९ मंसिर २०७६, बिहीबार १३:३५ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आज एक स्वर्णपदक थपेको छ ।

आज बिहान भएको खेलमा उसुमा नेपालकी निमाघर्तीमगरले स्वर्ण जितिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन् । उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । उनले स्वर्ण जितेसँगै स्वर्णको संख्या ३० पुगेको छ ।

१६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन् । यसअघि सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here