मनाङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ ।
महेन्द्र मन्दिर मा.वि नजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले बिहान करिब ९ बजेर ५५ मिनेट जाँदा बम बिस्फोट भए पनि कुनै क्षति नभएको पुष्टि गरे ।
उनले मतदान जारी रहेको र २९ प्रतिशत मत खसेको जानकारी दिए । लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा २२९७ मतदाता रहेका छन् ।





