साग पुरुष भलिबल– आज नेपाल भारतसँग खेल्दै


१३ मंसिर २०७६, शुक्रबार ०९:४१ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ ।

खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने भारतले बंगलादेशमाथि सोझो सेटमा जीत हात पारेको थियो ।बुधबार बेलुका भएका भएको नेपाल र बंगलादेशबीचको खेल रोमाञ्चक भएपनि घरेलु टोली पराजित भएको थियो ।

बंगलादेशमाथि ३–० को जित हात पारेको भारत उच्च मनोबलका साथ मैदान उत्रिनेछ भने नेपाल भारतसँग सजगताका साथ मैदान उत्रिने लक्ष्यमा छ ।भारतसँगको खेलका बारेमा नेपालका कप्तान इम बहादुर रानाले आफुहरु जित्नका लागि नखेले पनि भारतसँग राम्रो खेल्ने योजनामा रहेको बताएका छन् ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने न्युनछ । बंगलादेशसँग पराजय भोगेको नेपालले भारतलाई पराजित गर्न सके सेमिफाइनल पुग्नेछ ।यस्तै, शुक्रबार पुरुष तर्फ दोस्रो खेल सात बजे श्रीलंका र माल्दिभ्ससँग खेल्नेछ । महिला तर्फ शुक्रबार पहिलो खेल दिउँसो १ बजे भारत र बंगलादेशबीचको हुनेछ भने दोस्रो ३ बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here