म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग बराबरीमा रोकियो


९ मंसिर २०७६, सोमबार १४:५४ मा प्रकाशित

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडसँग तीन तीन गोलको बराबरी खेलेको छ ।

कुनै समय २–० ले पछि परेको अवस्था उल्टाउँदै म्यान्चेस्टर युनाइटेडले ७९ औं मिनेटमा ३–२ को अग्रता लिएको थियो ।तर, इन्जुरी समयमा म्यानयू समालिन नसक्दा शेफिल्डले एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै म्यान्चेस्टर युनाईटेड १३ खेलबाट १७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट ३७ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ ।दोस्रो स्थानको लेष्टर सिटीको २९ अंक छ भने २८ अंकका साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा तथा २६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here