राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी विजयी


९ मंसिर २०७६, सोमबार १३:०२ मा प्रकाशित

पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी भएका छन् ।

प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् ।५८४ मत पाएर बि.जी निर्वाचित हुँदा खत्रीले ५४५ मत प्राप्त गरेका हुन् ।त्यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भए । प्रतिस्पर्धी तारापति सुवेदीलाई पराजित गर्दे ढकाल निर्वाचित भएका हुन् । निर्वाचन समितिकाअनुसार ढकालले ७७२ र सुवेदीले ७३५ मत प्राप्त गरेका छन् ।

प्रतिष्ठानको सह कोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी भए । सात जना सचिवमध्ये खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरी डाँगी, प्रचण्ड जि.सी, वसन्त थापा र पुश्कल शर्मा निर्वाचित भएका हुन् ।निर्वाचनमा महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर,अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी भएका छन् ।

त्यस्तै खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी भएका छन् ।

सहमतिका लागि भएको प्रयास असफल भएपछि प्रतिष्ठानको अध्यक्षसहित केही पदमा निर्वाचन भएको थियो । निर्वाचन अघि रिता थापा वरिष्ठ उपाध्यक्ष, पशुपति शर्मा प्रथम उपाध्यक्ष, रामजी खाँड द्वितीय उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्ष, दीपक खड्का तृतीय उपाध्यक्ष, सुवास केसी महासचिव, शंकर बिसी उपमहासचिव, शिव हमाल उपमहासचिव, खुमन अधिकारी सांगठनिक सचिव, जमुना राना मगर महिला सचिव र पूर्णकला बिसी सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here