साग महिला क्रिकेटमा दुई टेष्ट र दुई एसोसियट टोली सहभागि


७ मंसिर २०७६, शनिबार १५:२५ मा प्रकाशित

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ । टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ । खेल लिग चरणमा हुने छ । यस अघि समुहमा विभाजन गरेपनि भारत र पाकिस्तानले सहभागिता नलिने भएपछि चार टोलीलाई लिगमा प्रतिस्पर्धा गराउन लागिएको हो ।

पोखरा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले पहिलो खेल माल्दिभ्ससँग मंसिर १६ मा खेल्ने छ । नेपालले बंगलादेशसँग मंसिर १८ मा खेल्ने छ भने मंसिर २० मा श्रीलंकासँग खेल्ने छ । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकको लागि मंसिर २१ मा प्रतिस्पर्धा गर्ने छन् । लिग चरण पछि शीर्ष दुई टोली मंसिर २२ मा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

मंसिर १८ मा मात्रै दुई खेल हुने छ । जुन दिन खेल विहान ९ र दिउँसो १ बजेपछि सुरुहुने छ । अन्य सबै खेल दिनमा एउटा मात्रै हुने छ । जुन खेल ११ बजेपछि सुरु हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here