रुकुम । रुकुम पश्चिमको एक विद्यालयमा समाचार भन्ने नियम बसालिएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ स्थित आदर्श माध्यमिक विद्यालयमा समाचार भन्ने नियम लागू गरिएको छ । धेरै विद्यार्थीहरु दिनदिनै अनुपस्थित हुन थालेपछि समाचार बाचनको नियम बनाइएको हो । रोचक र रमाइला समाचार भन्ने नियम लागू भएपछि समाचार सुन्नका लागि पनि दिनहुँ उपस्थिति बढन थालेको छ ।
अहिले प्रत्येक दिन विद्यार्थीहरुले नै समाचार भन्नूपर्छ । समाचार बाचनसँगै विद्यार्थी पनि नियमित हुन थालेको प्रधानाध्यापक चिन्ताराम शर्माले बताए । समाचार बाचनले नयाँ नयाँ कुरा थाहा पाइने र बोलीको पनि विकास हुने शर्माको भनाई छ । विद्यार्थीले समाचार दिनहुँ आफै ल्याउनुपर्ने र सबैको पालो आउने पनि नियम बनाइएको छ ।





