करेन्ट लागेर मृत्यु भएका परिवारलाई विद्युत प्राधिकरणले दियो क्षतिपुर्ति


२ मंसिर २०७६, सोमबार १७:२९ मा प्रकाशित

संखुवासभा । करेन्ट लागेर मृत्यु भएका संखुवासभाको सभापोखरी गाउँपालिका ६ का स्थानीयलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध दिएको छ ।

विद्युतबाट करेन्ट लागेर मृत्यु भएका तथा घाइते परिवारलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध गराएको हो । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर एक जना मृत्यू भएका थिए भने ५ जना घाइते भएका थिए । पिडीत परिवारलाई खाँदबारीमा बोलाएर क्षतिपुर्ति उपलब्ध गराएको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामअसिस शाहले जानकारी दिए ।

करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई पाँच लाख १५ हजार रुपैयाँ उपलब्ध गराईएको छ । मृतक भूपालको परिवारलाई किरिया खर्च १५ हजार त्यसै बेला उपलब्ध गराएको थियो । त्यस्तै प्राधिकरणले अन्य घाईतेका परिवारलाई समेत उपचार बापतको खर्च उपलब्ध गराएको छ । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई ९ हजार ६ सय ८३ रुपैयाँ, भगवती विश्वकर्मा लाई १३ हजार ५ सय ९७ रुपैयाँ, मञ्जु तिरुवालाई ६ हजार ७ सय २५ रुपैयाँ उपलब्ध गराईएको छ । त्यस्तै, धनमान लिम्बुलाई ९ हजार र कुलबहादुर विश्वकर्मालाई ६ हजार ८ सय २५ रुपैयाँ पलब्ध गराईएको शाखाका प्रमुख शाहले बताए । पिडितहरुलाई नेपाल विद्युत प्राधिकरण विद्युत दुर्घटना क्षतिपुर्ति विनियमावली २०७६ को विनियम १२ को आधारमा क्षतिपुर्ति उपलब्ध गराईएको खाँदबारी वितरण केन्द्रले जनाएको छ ।

गएको वैशाख १८ गते हाइ भोल्टेजका कारण सभापोखरीको स्वाची नजिकैको गाउँमा रहेको ट्रान्सफर्मरमा खराबी आएपछि गाउँभरि नै फुलभोल्टेजको करेन्ट प्रवाह हुँदा घटना घटेको विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शाहले बताए । करेन्ट लागेर भुपालको घटना स्थलमा नै मृत्यु भएको थियो । घाईते भएकी भगवती विश्वकर्माको उपचार गर्न भारत लगिएको थियो । भने अन्य घाइतेको जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here