बोबडे बने भारतको ४७ औं प्रधानन्यायाधीश


२ मंसिर २०७६, सोमबार १२:२४ मा प्रकाशित

भारत । भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा शपथ लिएका छन् ।

बोबडेलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीशको पदको शपथ दिलाए । आइतबार सेवानिवृत्त भएका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले नै न्यायाधीश बोबडेको नाम सिफारिश गरेका थिए । प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन् । १९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here