गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु


१ मंसिर २०७६, आईतवार ११:०९ मा प्रकाशित

बारा । गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ ।

प्रचार बिनानै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो मेला मानिन्छ । पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने गर्छन् । मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि गढीमाइका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

यसपछि अन्य दर्शनार्थीहरुको लागि दर्शन खुला गरिने मुल पुजारी मंगल चौधरीले जानकारी दिए । यस पटक एक करोड दर्शनार्थी गढिमाई पुग्ने गढीमाई मुल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहको दावी छ । पुजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुंर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने छ । रातको २ बजे देखि पूजा प्रारम्भ गरी दियो प्रज्वलित भएपछि लगतै हाँसको ५ वटा अण्डा बली दिइ अण्डामै त्रिशूल गाडिने छ अनि ५ बटा रागां मन्दिरकै मौलामा बली गरेपछि भाकल गरी ल्याएका श्रद्धालुहरुको पशु बली खुल्ला हुने प्रचलन रहेको पुजारी चौधरीको भनाइ छ । १५ सय सुरक्षाकर्मी, राष्टिय राजमार्गबाट ६ बटा बाटो, सिमा नाकामा व्यापक चेकजाँच गस्ती, दमकल, एम्बुलेन्स, ५ सय स्वयंसेवक, ६ सय शौचालय, विद्युत, पानी, सयौ निःशुल्क पंडालहरु समितिले व्यवस्थापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here