महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भुभाग नेपालकै होः सभापति देउवा


३० कार्तिक २०७६, शनिबार १३:४३ मा प्रकाशित

कन्चनपुर । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भुभाग नेपालको रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती देउवाले सो कुरा बताएका हुन् । उनले कालापानी क्षेत्र नेपालको रहेको बताउदै सो नाका त्रिदेशिय नाका रहेको बताएका हुन ।

उनले देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार मौन रहेको आरोप लगाए । अतिक्रमीत भुमी फिर्ता गर्न सरकारले पहल गर्नु पर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here