‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी बेदान्तको पोल्टामा


२९ कार्तिक २०७६, शुक्रबार १९:०४ मा प्रकाशित

विर्तामोड ।    सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट २०७६ को उपाधी झापाको कन्काई नगरपालिका ४ सुरुङ्गामा रहेको झापा मेरीगोल्ड अंग्रेजी माध्यमीक विद्यालयका बेदान्त तिम्सीनाले जितेका छन् ।सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधी कक्षा १०मा अध्यनरत तिम्सीनाले जितेका हुन् ।

शुक्रवार भएको फाइलल प्रतियोगितामा भद्रपुर नगरपालिका २मा रहेको ज्ञान सरोबर माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत रीना घिमिरे दोश्रो,अर्जुनधारा नगरपालिका ६मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत निलिमा लिम्बु तेश्रो भएकी छिन् ।यस्तै अर्जुनधारा नगरपालिका ७को रुपरत्न मेमोरीयल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १०मा अध्यनरत छात्रा चर्चिता लुईटेल र अर्जुनधारा नगरपालिका ५मा रहेको देवभूमी विद्यालयमा कक्षा ९मा अध्यनरत छात्रा दिक्षा भट्टराईले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेता तिम्सीनाले नगद ३० हजार रुपैयाँका साथै ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्तवना हुनेले क्रमश १५ हजार,१० हजार र ४,४ हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा पृथ्वी विक्रम राई,सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती,प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीलगायतले पुरस्कार प्रदान गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा असोसिएट प्रोफेसर तथा वरिष्ठ संचारकर्मी शिरोमणी खतिवडा‘सिरो सान्दाई’, विविसि नेपाली सेवाका संवाददाता उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी अध्यापक गायत्रा सुवेदी रहेकी थिइन् ।

प्रदेश नम्बर १ का झापा, मोरङ र इलामका शिक्षा प्रमुखको सल्लाह, सुझाव र सिफारिसका आधारमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टमा सहभागी गराईएको सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताईन् ।

गत भदौ देखि शुरु प्रतियोगितामा ७० वटा विद्यालयका १ सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतिस्पर्धीमा रहेको विषयवस्तु,भाषाको ज्ञान र प्रस्तुतिकरणका आधारमा विजेता छनोट गरीएको प्रतियोगिताका संयोजक देवी गौतमले जानकारी दिए ।

सहारा नेपाल साकोसको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पाथीभरा सिने प्लाजा एण्ड बैङ्क्वेट,कंचनजंघा इन्सिटीच्युट एण्ड हेल्थ साइन्सेस,डोइन टिभी नेटवर्क,ब्रोड लिङ्क,मेची स्पेश लिङ्क,मनकामना कलेज र डिभाइन डोर्सले प्रायोजन गरेको थियो ।सूर्योदय टेलिभिजनले स्पिच कन्टेस्ट,क्वीज लगायत शिक्षा क्षेत्रमा विभिन्न महत्वपुर्ण कार्यक्रमहरु गर्दै आएको छ ।सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टको सिजन–२ आगामी बैशाखबाट शुरु गरीने टेलिभिजनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here