विप्वल समूहका जाजरकोट इञ्चार्ज धमिल पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार १३:२० मा प्रकाशित

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली ‘धमिल’ फक्राउ परेका छन् ।

ओलीलाई बिहीबार राति बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनी नलगाड नगरपालिकाको रघुनाथका हुन् । उनीमाथि चन्दा असुली, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here