दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीत ‘तरुनी’मा राजन इशानको संगीत संयोजन रहेको छ । नेपाली मौलिक ठेट शब्दहरु र त्यस अनुसारको संगीत अनि त्यसमा स्वरको समिश्रण मिलाउन सिपालु र सफल मानिएका गायक लामाको यो गीतमा पनि लोकलयमा बोलिने शब्द र संगीतको प्रयोग गरिएको गायक मोक्तानले बताए । गीतको भिडियोमा रोज, निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

रामेछापको सुनापाती गाउँपालिकाको भिरकोटमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रवेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता साथै तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश विदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सूचिमा पर्छन ।
उनले झमझम स्टकोट, कलकत्ते काइयो‘,झिम्काइ देउ परेली‘, हेलम्बुको बजारमा, हिउ पर्यो फुरुरु, रातो रातो गाला, आँखाको रमझम, यानी माया लगायत करिब पाच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन ।





