सांसद आलमको पक्षमा १७ जना अधिवक्ताले बहस गरे, आज पनि जारी


२९ कार्तिक २०७६, शुक्रबार १२:०१ मा प्रकाशित

रौतहट । हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस जारी छ ।

आलमको पक्षमा हालसम्म १७ जना अधिवक्ताले बहस गरिसकेका छन् । हिजो ६ जना अधिवक्ताले बहस गरेकोमा आज बाँकीले बहस गरिरहेका छन् । गत विहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सरकार र जाहेरवालातर्फका कानुन व्यावसायिको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here