सीमा अतिक्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग संसदीय समितिले आज छलफल गर्दै


२५ कार्तिक २०७६, सोमबार १०:४५ मा प्रकाशित

काठमाडौं । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज छलफल गर्दैछन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको बैठकमा छलफलका लागि बोलाएको छ । यसअघि प्रधानमन्त्री ओलीले सीमा अतिक्रमण र भारतीय नक्साका विषयमा शनिवार सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । उक्त छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कुटनीतिज्ञले कालापानी नेपालको भएको र भारतसँग देखिएको सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरि प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सीमाका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज समिति बैठकमा बोलाएको छ । आज ११:३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने समितिको कार्यसूची रहेको छ । परराष्ट मन्त्रालयले सीमाका बिषयमा अडान राख्दै विज्ञप्ति जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here