सामसङकोट्रिपल रियर क्यामरायुक्त स्टाइलिस ग्यालेक्सी ए२०एस नेपालीबजारमा


२४ कार्तिक २०७६, आईतवार १८:३१ मा प्रकाशित

सामसङको ग्यालेक्सी ए२०एस नेपाली बजारमा आएको छ। यस स्मार्टफोनमा जडान गरिएको ६.५ इन्चको एचडी इन्फिनिटी–वी डिस्प्लेले प्रयोगकर्ताहरुलाई गेम खेल्न वा फोटो खिच्न आनन्द दिनेछ ।

यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ। जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जालिन सकिन्छ । ए२०एसमा डल्वी एटमास सराउन्ड साउन्ड प्रविधि रहेको छ । फोनमा ट्रिपल रियर क्यामरा जडान गरिएको छ । ग्यालेक्सी ए२०एसमा स्न्यापड्रयागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन मद्दत गर्दछ । यो डिभाइसमा स्लीक ८ एमएमको ऐना जस्तै फिनिसिङ्गभएको अत्यन्त सुन्दर डिजाइन रहेको ग्यालेक्सी ए२०एस हरियो, नीलो तथा कालो गरी ३ रंगहरुमा उपलब्ध रहेको छ ।

ग्यालेक्सी ए२०एस ३ जिबी र्याम ३२ जिबी इन्टरनल स्टोरेज तथा ४ जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेजमाउपलब्ध रहेको छ। यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ । ३ जिबी र्याम ३२ जिबी इन्टरनल स्टोरेज भएको ग्यालेक्सी ए२०एस को खरिद मूल्य २० हजार ६ सय ९० रहेको छ भने ४ जिबी र्याम ६४ जिबी इन्टरनल स्टोरेजको २३ हजार ९ सय ९० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here