आकर्षक ब्याजको प्रलोभन देखाई रकम उठाएर भाग्ने एक पक्राउ


२० कार्तिक २०७६, बुधबार २०:५० मा प्रकाशित

काठमाडौं । आफूले आकर्षक व्याज दिने भन्दै सर्वसाधारणबाट रकम उठाई फरार रहेका रविन्द्र अधिकारी पक्राउ परेका छन् ।

काठमाडौं साङ्गला गाविस वडा नं. ३ घर भएका अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चितवनबाट पक्राउ गरेको हो। निर्मला बखतीको जाहेरीपछि जिल्ला अदालत काठमाडौंले तीन वर्षअघि अधिकारीलाई १ वर्ष कैद र २६ लाख ७५ हजार जरिवानाको सजाय सुनाएको थियो । सो सजाय वेरुजु रही फरार रहेका अधिकारीलाई पक्राउपछि जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको छ। अधिकारीले आकर्षक व्याज दिने प्रलोभन देखाई सहकारीको नाममा रकम संकलन गर्ने गरेका थिए ।

उनी लगायत संचालकहरुले सहकारीका सदस्य बाहिरका जाहेरवालाहरुसँग नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई निक्षेप संकलन तथा कर्जा प्रवाह गरेको प्रहरीले जनाएको छ। संकलन गरेको निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी अधिकारी भागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here