महराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल


२० कार्तिक २०७६, बुधबार १३:१४ मा प्रकाशित

दाङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् ।

प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ती गरेको टिप्पणी गरे । उनले अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित नभएको र अदालतलाई सघाउन महरालाई आग्रह गरे ।

अध्यक्ष दाहालले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नो तिर पारेको विषयमा सरकारले कुटनीतिक पहल सुरु गरिसकेको समेत बताए । उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा प्रष्ट कुरा राखेको समेत स्मरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here