‘सप्तरङ्ग संगीत यात्रा’को उद्घाटन गर्न मुख्यमन्त्री राई बुधवार विर्तामोड आउने


१९ कार्तिक २०७६, मंगलवार २२:०६ मा प्रकाशित

झापा । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राई भोली (बुधबार) विर्तामोड आउने भएका छन् । उनी ग्रीस्मा ब्रोडकास्टिङले आयोजना गरेको सप्तरङ्ग संगीत यात्राको उद्घाटन गर्न विर्तामोड आउने भएका हुन् ।

देशका ७ वटै प्रदेशमा हुन लागेको ‘सप्तरङ्ग संगीत यात्रा’ प्रदेश नम्बर १को विर्तामोडमा हुने भएको हो ।विर्तामोड पछि प्रदेश २ को वीरगञ्ज,प्रदेश ३को चितवन,गण्डकी प्रदेशको पोखरा, प्रदेश ५को नेपालगञ्ज,कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ७को महेन्द्रनगरमा हुने भएको हो ।

संगीत यात्राका लागि महानायक राजेश हमाल,गायक हिमाल सागर,प्रकाश सपुत,रवि ओड,गायीका,मेलिना राई र हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ झापा आईपुगेको आयोजक विकास घिमिरेले जानकारी दिए ।

कार्यक्रम विर्तामोडको सुगम पेट्रोल पम्प नजिकको मैदानमा दिउँसो ३ बजे देखि सुरु हुने जनाईएको छ ।संगीत यात्राको समापन गण्डकी प्रदेशको पोखरामा मंसीर ४ हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here