दोलखा । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
दुर्घटनामा १० जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् । मृतकको सनाखत हुन भने बाँकी छ । आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो । बसमा ३४ जना यात्रु सवार थिए ।





