दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्यो, कम्तीमा ६ जनाको मृत्यु


१७ कार्तिक २०७६, आईतवार १५:१९ मा प्रकाशित

सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो । बा २ ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ । घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शी सन्तोष पनेरुले जानकारी दिएका छन् । बस नदीमा पूरै डुबेको छ ।

मृतक संख्या बढ्नसक्ने बताइएको छ । घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ । बसमा कम्‍तीमा ३५ भन्दा बढी सवार रहेको प्रहरीको अनुमान छ । ५ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ । थप विवरण आउँन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here