प्रधानमन्त्री ओली फेरि अस्पतालमा, ११ बजेको मन्त्रिपरिषद् बैठक सर्‍यो


१७ कार्तिक २०७६, आईतवार ११:३९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन् ।

केहि समयदेखि बिरामी भएका प्रधानमन्त्रीको मिर्गौला र फोक्सोमा समस्या देखिएपछि यसअघिनै दुई पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार डाक्टरहरुको सलाह बमोजिम फेरी मिर्गौला डायलासिस गर्नुपर्ने भएपछि अहिले बिहान ग्रान्डी अस्पताल पुर्याइएको हो । प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि सरेको छ । प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै आफ्नो मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको बताएको थियो ।

उनले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी गराएका थिए । तिहारपछि पहिलोपटक आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरिएको उनको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि केही महिना अघि सिंगापुरमा प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत मृगौलाको उपचार गरिएको थियो । त्यसपछि अहिले उनको स्वास्थ्यमा फेरि समस्या सुरु भएको हो । यसै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि बुधबार आकस्मिक डायलासिस गरिएको थियो । पुनः बिहीबार दोस्रोपटक डायलासिस गराएर सामान्य अवस्था रहेको भन्दै सरकारी निवास फर्किएका प्रधानमन्त्रीको आज तेस्रोपटक डायलासिस गराउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here