शान्तिनगरमा ऐतिहासिक ठुटेबर मेला कार्तिक २१ गते देखि लाग्ने


१६ कार्तिक २०७६, शनिबार १८:०३ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कार्तिक २१ गते देखि सुरु हुने भएको छ ।

प्रत्येक वर्षको कार्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला यसवर्ष कात्तिक २१ गतेदेखि २७ गतेसम्म लाग्ने भएको हो । यस स्थानको पहिचान र विकासका लागि स्थानीय युवाको सक्रियतामा हरेक वर्ष मेला लाग्दै आएको छ । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालको भनाई छ ।

करिब ५/६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि.स. २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । मेलामा समितिले आन्तरिक तथा वाह्य पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here