चितवन मेडिकल कलेज शुल्क समायोजन गर्न तयार


१६ कार्तिक २०७६, शनिबार १६:०६ मा प्रकाशित

चितवन । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुसंग चितवन मेडिकल कलेजले सहमति गर्ने भएको छ ।

गत, शैक्षिकसत्रमा एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीहरुसँग तोकेको भन्दा बढी लिइएको शुल्कको हिसाब गरी त्यसलाई समायोजन गर्न कलेज तयार भएको भन्दै विद्यार्थीहरुलाई पूर्ववतरूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहबरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो ।

सो, क्रममा शुल्क फिर्ता वा समायोजन कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन गरिएको थियो । एमबीबीएसमा एक विद्यार्थीसँग छ लाख र बिडीएसमा एक लाख २५ हजार बढी लिइएको छ । त्यसमध्येबाट त्रिवि रजिष्टेशन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क लगायतका शुल्कमा कट्टा गरी समायोजन गरिनेछ ।

गत वर्ष आइओएमले एमबीबीएसमा ४२ लाख ४५ हजार र बिडीएसमा १९ लाख ३२ हजार तोकेको थियो । कलेजले एमबीबीएस मा ६० लाखसम्म असुल गरेको विद्यार्थीहरुको आरोप छ । आन्दोलनरत विद्यार्थीले पठनपाठन सञ्चालन गराउने वातावरण नबनाउँदा एमबीबीएस लगायत अन्य सङ्कायका विद्यार्थीले कात्तिक २० गते हुने परीक्षाको फारम कात्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा अहिलेसम्म भर्न पाएका छैनन् । यता, विद्यार्थीहरुले भने बढी लिएको शुल्क समायोजनमा कलेज प्रशासनले आलटाल गरेको आरोप लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here