झापा । अन्तराष्ट्रीय बडिबिल्डीङ्ग च्याम्पीयनसिपमा सहभागी हुन जाने खेलाडी राम दाहाललाई बिर्तामोडमा बिदाई गरीएको छ ।
दुवईको फुजेरामा नोभेम्बर ६ तारीक देखि शुरु हुने च्याम्पीयनसिपमा ६० केजी तौल समुहमा सहभागीता जनाउन जाने खेलाडी दाहाललाई बिर्तामोड उद्योग वाणिज्य संघले आज औपचारीक रुपमा बिदाई गरेको हो । संघको कार्यालयमा आयोजना गरीएको बिदाई कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी लगायत विभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बिदाई कार्यक्रममा बोल्दै खेलाडी दाहालले सरकारले बडिबिल्डीङ्गलाई उपेक्षा गरेको गुनासो गरेका छन् । सरकारले फुटबल, क्रिकेट जस्ता खेलहरुमा मात्रै लगानी गरेको भन्दै उनले बडिबिल्डीङ्गलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए । च्याम्पीयनसिपमा सहभागी हुन नेपालबाट ६० केजी तौल समुहमा दाहाल सहित ७० केजीमा मरीचमान लामा, फिजिक्समा सुरेश देवा र अफ्तर श्रेष्ठ सहभागी हुँदैछन् ।





