युरोपेली मुलुक माल्टामा पहिलोपटक नेपाली कन्सर्ट सम्पन्न


१४ कार्तिक २०७६, बिहीबार १७:५१ मा प्रकाशित

माल्टा । ब्रिटेनको पूर्व उपनिवेश रहेको युरोपेली मुलुक माल्टामा पहिलोपटक बृहत नेपाली कन्सर्ट सम्पन्न भएको छ ।

एनआरएनए माल्टाले आयोजना गरेको उक्त्त कार्यक्रममा गायक हिमाल सागर र आशिष सचिनको प्रस्तुति रहेको थियो । दिपावली र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शकको उपस्थिति रहेको एनआरएनए माल्टाका अध्यक्ष राजु अर्यालले बताए । माल्टामा रहेका नेपालीहरुलाई एकताबद्ध गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको एनआरएनए माल्टाका सदस्य रहमान तामाङको भनाई छ । कार्यक्रम एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

वर्क परमिट र अध्ययनको आकर्षण बढेसँगै माल्टामा अहिले नेपाली जनसंख्या बढ्दै गएको छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ लगाायतका काममा नेपालीहरु संलग्न भई मासिक न्यूनतम करिब ७ सय ३५ युरो कमाई गर्दै आएको लण्डनस्थित नेपालि दूतावासको भनाई छ । दुतावासले माल्टाबाट विदेशी पर्यटक भित्र्याउन पनि पहल सुरु गरेको छ । केहि महिनाअघि माल्टा एवम् बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्ष्यतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्धन समिति माल्टा’ गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here