भक्तपुर । नेपाली काँग्रेसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश निकै अप्ठ्यारो अवस्थामा रहेको बताए ।
सोमबार नेपाली काँग्रेस भक्तपुरले नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्न विभिन्न विद्येयकहरु ल्याएको र कर बढाएर जनताको ढाड सेकाउने काम गरेर जनतालाई दुःख दिईरहेको आरोप लगाए । यो सरकारले उपभोक्ताको नाममा ठूलो भ्रष्टाचार गरिरहेको पनि बताए । उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन कै लागि यो उपनिर्वाचन कुनै पनि हालतमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताए । नेपाली काँग्रेसलाई जिताउन सबै कार्यकर्ता एक जुट भएर लाग्न निर्देशन पनि दिए ।
नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम नेपाली काँग्रेस भक्तपुरले प्रत्येक बर्ष म्हःपूजाको दिनमा गर्दै आएको कार्यक्रम यो वर्ष तिथि गडबडीका कारण आज आयोजना गरिएको हो ।





