गाई चराउन गएकी महिला भिर बाट लडेर ज्यान गयो


११ कार्तिक २०७६, सोमबार १४:४८ मा प्रकाशित

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–७ मा गाई चराउन गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ ।

गाई वस्तु गोठालो गर्ने गएकी धर्मदेवि–७ की ४० बर्षीया देवीमाया मगरको भिर बाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक उपेन्द्र खरेलले जानकारी दिए । धर्मदेविक नगरपालिकाको आहाले स्थित मारुनी भिरबाट दुई सय मिटर तल झर्दा देवीमायाको घटना स्थलमै ज्यान गएको प्रहरी निरिक्षक खरेलले बताए । उनको सोमबार नै चैनपुरमा पोष्टमार्टम भइसकेको निरिक्षक खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here