गोरुको मासु काट्दै गर्दा एक जना महिला पक्राउ


७ कार्तिक २०७६, बिहीबार १४:४५ मा प्रकाशित

बेलबारी । बेलबारी नगरपालिका –४ स्थित एक घरमा गोरुको मासु काट्दै गर्दा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले शोभा राईलाई नियन्त्रणमा लिएको हो । प्रहरी पुगेपछि मासु काट्न संलग्नहरु भागेपछि घर धनिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । महिलालाई म्याद थप गरेर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पेशेबर रुपमा गोरुको मासु काट्दै गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here