विप्लव समूह काभ्रे सेक्रेटरी थोकर पक्राउ


७ कार्तिक २०७६, बिहीबार १२:१५ मा प्रकाशित

काठमाडौं । प्रतिबन्धित विप्लव समूहका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ ।

बुधबार मध्यराति जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले पनौती वडा न ९ शंखुबाट ३० वर्षीय जिल्ला नेता सुन्तली थोकर र रोशी गाउँपालिकाको वडा न ३ शिखरआम्बोटेबाट ३१ वर्षीय कृष्णबहादुर मगर र रोशी गाउँपालिका वडा न ५ सिसाखानीबाट ३० वर्षीय आशामान तामाङ पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका कृष्णबहादुर विप्लपको जिल्ला सदस्य तथा आशामान माओवादीका पुराना नेता रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गिरीले बताए ।

पक्राउ परेकी सुन्तली थोकरले आफू काभ्रे जिल्ला सेक्रेटरी रहेको प्रहरीलाई बताएको डीएसपी गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here