स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार


७ कार्तिक २०७६, बिहीबार ११:५० मा प्रकाशित

बैतडी । स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्र सिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक– ढणौन सडक निर्माण पछी घर निर्माणको लागि खन्नका लागि ल्याउदै गरेका अवस्थामा बिहीवार बिहान ८ बजे पेले भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।

स्काभेटर चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार रहेका छन् । फरार चालक खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here