महरालाई आज पुन अदालत उपस्थित गराइँदै, सरकारी वकिलले बयान लिने


३ कार्तिक २०७६, आईतवार १२:४५ मा प्रकाशित

काठमाडौं । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराइँदैछ ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई प्रहरीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि जिल्ला अदालतको अनुमतिमा प्रहरीले महरालाई गत असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।दसैं बिदापछि अदालत खुलेसँगै महरालाई अदालतमा उपस्थित गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here