रोक्का हुनेमा नेपाल टेलिकम देखि युनिलिभर सम्म: वार्षिक शुल्क नबुझाउने ८२ कम्पनीको शेयर कारोबार रोक्का


३ कार्तिक २०७६, आईतवार १४:१० मा प्रकाशित

काठमाडौं । वार्षिक शुल्क नबुझाएपछि नेपाल स्टक एक्चेन्जले ८२ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेमा सुचीकृत कम्पनीले हरेक वर्ष आफ्नो कम्पनीको नविकरण गर्नुपर्छ । यसरी शुल्क नबुझाएको भन्दै शेयर कारोबार रोक्का गरेको नेपाल स्टक एक्चेन्जले जनाएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेको बताएको छ । यसरी शुल्क नबुझाएर कारोबार रोक्का हुनेमा नेपाल टेलिकम देखि युनिलिभर सम्म छन् ।

करोबार रोक्का हुनेमा १९ लघुवित्त, १८ विकास बैंक, १३ जलविद्युत, १२ फाइनान्स कम्पनी, ११ उत्पादन तथा प्रशोधन, २ व्यापार, २ होटल, २ अन्य, तथा २ बीमा समुहका कम्पनीहरुले नविकरण नगरेको नेप्सेले जनाएको छ । हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ ।

धितोपत्र सुचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले नविकरण शुल्क वार्षिक ५० हजार र त्यस भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here