नेकपाका संसद पार्वत गुरुङ अदालतमा उपस्थित, आजै थुनछेकको बहस हुने


३ कार्तिक २०७६, आईतवार ११:२१ मा प्रकाशित

काठमाडौं । पक्राउ पुर्जी जारी भएका नेकपाका संसद पार्वत गुरुङ आज स्वयम् काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गुरुङ केही बेर अघि आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । अब केही बेरमा उनीमाथि लागेको आरोपमा विषयमा काठमाडौं जिल्ला अदालतको ७ नम्बर इजलाशमा बहस हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here