डोटी । डोटीमा शनिबार एक यात्रीवहाक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । अरु घाइतेलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप देउवाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पताल लगिएको उनले बताए । ना ४ ख ८२३५ नम्बरको बस डोटीको जोरायल गाउँपालिका–२, गरुडमा दुर्घटना भएको हो ।
डडेल्धुराबाट बस कन्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो । बस सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलिसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





