पीएसजीको जितमा अर्जेन्टिनी स्टार एन्जल डि मारियाको दुई गोल


२ कार्तिक २०७६, शनिबार १२:४१ मा प्रकाशित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नाईसमाथि प्रभावसाली जित निकाल्दा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले दुई गोगल गरेका छन् ।

१० खेलमा आठौं जित निकाल्ने क्रममा पीएसजीले नाइसलाई ४–१ ले पराजित गर्यो । खेलमा निकै प्रभावसाली लयमा देखिएको पीएसजीका लागि थप गोल केलियन एम्बाप्पेले र इकार्डीको नाममा रह्यो । नाईसको गनागोले गरेको एक गोल शान्तवना गोलका रुपमा रह्यो । खेलमा अग्रता लिने क्रममा पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोल संभव बनाए । लगतै अग्रता दोब्बर पार्ने क्रममा उनलेनै २१ औ मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफमा २–० ले अघिरहेको पीएसजी विरुद्ध ६७ औ मिनेटमा गंनागोले गोल गर्दै घरेलु टोली नाईसलाई खेलमा फर्काउने प्रयास गरे तर खेलको अन्तिम समय पिएसजी लगालग दुई गोल गर्न सफल रह्यो । ८८ औ मिनेटमा एम्बाप्पेले पीएसजीलाई ३–१ को अबस्थामा पुर्याउँदा चौंथो गोल खेलको अक्तिरिक्त समयमा इकार्डीले संभव बनाएका थिए ।

दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खादै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित हुन पुगेको थियो । जसको फाइदा पीएसजीले लियो । ७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिनु उसका लागि दुर्भाग्यपुर्ण रह्यो । लिगमा पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।त्यस्तै नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here