अफगानिस्तानको मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु


२ कार्तिक २०७६, शनिबार १२:४५ मा प्रकाशित

काठमाडौं । अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ ।

शुक्रबार विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानी जानकारी दिए । बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो । यस आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको भने छैन।

मस्जिदमा ३ सय ५० भन्दा बढी उपासकहरू प्रार्थना गरिरहेको एक प्रत्यक्षदर्शीले अलजजिरालाई बताएको छ । उद्दार टोली खटिसकेको र मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशमा नागरिकको मृत्युको संख्या गर्मीमा अभूतपूर्व तहमा पुगको बताएको थियो ।

राष्ट्रसंघका अनुसार यस वर्ष जुलाई र सेप्टेम्बरको बीचमा एक हजार एक सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here