काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन् ।
यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् । टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् । सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ ।
कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् । लामिछानेले इण्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमयर लिग खेलिसकेका छन् ।





