बम काण्ड आरोपमा पक्राउ सांसद् आलमको म्याद सात दिन थप


२८ आश्विन २०७६, मंगलवार १२:४३ मा प्रकाशित

रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । १२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते प्रहरीले उनलाई इद्रिस गेटनजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत ल्याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए । अदालत परिसरबाट बाहिरिँदै गर्दा उनले घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिए । आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्नेउनले बताए । म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here