राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जाने


२८ आश्विन २०७६, मंगलवार १०:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन् । म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको मन्त्रालयले जनाएको छ । म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षीसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नेछिन् ।

राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्नेछन् । राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here