इराकमा सरकार विरोध प्रदर्शन चर्किँदै, मृत्यु हुनेको संख्या ९३ पुग्यो


१८ आश्विन २०७६, शनिबार २०:३३ मा प्रकाशित

इराक । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ ।

इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन् । इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९३ जनाको ज्यान गएको बताए । उनले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९ सय ७८ जना घाइते भएको पनि जानकारी दिए । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीका अनुसार हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here