विराटनगर । मिस्टर एण्ड मिस थारु आइकन २०१९ को उपाधि दुहबीका अमन चौधरी र विराटनगरकी अंकिता विश्वासले जितेकी छिन ।
थारु कला केन्द्रको आयोजनामा गएराति विराटनगरमा भएको फाईनल प्रतिस्पर्धामा दुहबी नगरपालिका–७ पचिराका अमन चौधरीले पुरुषतर्फको १० जना प्रतिस्पर्धिलाई पछि पार्दै मिस्टर थारु आईकन २०१९ को उपाधि जितेका हुन् । यसैगरि २० जना महिला प्रतिस्पर्धीलाई पछि पार्दै विराटनगर–१ पोखरियाकी अंकिता विश्वासले मिस थारु आइकन २०१९ को ताज पहिरन सफल भइन । उपाधि जितेसंगै विजेताद्वयले नगद पुरस्कार ५० हजार सहित गिफ्ट ह्याम्परहरु हात पार्न सफल भएका छन् ।
सो प्रतियोगितामा मिस्टरतर्फ बुढीगंगा गाँउपालिकाका करण चौधरी फस्र्ट रनरअप र ग्रामथान गाँउपालिकाका पारस चौधरी सेकेण्ड रनरअप हुन सफल भएका छन् । उनिहरुले क्रमश नगद ३० हजार र २० हजार प्राप्त गरे । यसैगरि सोहि अनुसारको रकम जित्दै बुढीगंगा गाँउपालिकाकी रेसिका चौधरी फस्र्ट र दुहबी नगरपालिकाकी सोनम चौधरी सेकेण्ड रनरअपको उपाधि हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको फाइनलमा गाइघाट, उदयपुर, विराटनगर, दुहबी र झापाका ११ पुरुष र २१ जना महिलाबीच प्रतिस्पर्धा भएको थियो ।





